बालिका अपहरण गरी वलात्कार गरेको आरोपमा कास्की प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। पक्राउ परेका युवाहरुमा कास्की अन्नपूर्ण गाउँपालिका ३ बस्ने २४ वर्षीय कपिल गुरुङ, २२ वर्षीय योगेश थकाली, १९ वर्षीय पुकार गुरुङ र १८ वर्षीय सुशल गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबाश हमालका अनुसार, उनीहरुले पोखरा महानगरपालिका वडा न. २ बागलुङ बसपार्कस्थित सहारा अस्पताल अगाडी सडक छेउमा उभिएकी १५ वर्षिया एक बालिकालाई असार ३० गते मंगलबार बिहान साढे ६ बजे अपहरण गरी लेकसाइडस्थित एक होटलमा लगेर सामुहिक वलात्कार गरेका थिए।
पिडित बालिकाले प्रहरीलाई खबर गर्नासाथ प्रहरी घटनास्थलमा पुगेको थियो। त्यसपछि अभियुक्तहरुको खोजीमा लागेको प्रहरीले उनीहरुलाई पोखरा १८ लामागाउँबाट नीलो रङको ग१च ७७४५ नम्बरको कारसहित नियन्त्रणमा लिएको प्रहरीको दाबी छ ।
पक्राउ परेको उनीहरुविरुद्ध प्रहरीले शरीर बन्धक र जबरजस्ती करणी सम्बन्धी कसूर अन्तर्गत मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी हमालले जानकारी दिए ।