अविरल बर्षासँगै झरेको पहिरोले गएराती कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ खोराकोमुखस्थित पाखा भन्ने स्थानमा प्रेमराज बिकको घर पुरिंदा उनका तीन जना नाति-नातिनाको घताबास्थालामा नै मृत्यु भएको छ ।
सो पहिरोमा परेर प्रम्राज विकका नातिद्वय समिर विक, कुशल विक तथा नातिनी रेजिना विकको मृत्यु भएको स्थानीयले जनाएका छन् । हालसम्म २ जनाको शव भेटिएको छ भने बाँकी एक जनाको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
रेजिना हिरालाल बिकको छोरी हुन् भने मिठु बिकको छोरा समिर बिक हुन्। अहिले पहिरोमा परेर बेपत्ता एक बालकको खोजी भैरहेको छ। स्थानिय बासिन्दा र प्रहरीहरु उनको खोजीमा लागिरहेका छन्।