एक लाख रुपियाँ घुससहित बाग्लुङको ढोरपाटन नगरपालिकाका ईञ्जिनियर मिलन अधिकारी बुधबार समातिएका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बुधबार साँझ पोखरा-५ को जिरोकिलोमिटरस्थित एक रेष्टुरेण्टबाट समातेको हो ।
ढोरपाटन नगरपालिकाको गुर्जा सिलगुम ओखरधारा खोला सिवाङ्ग सडकको अन्तिम किस्ता भुक्तानिका क्रममा उपभोक्ता समितिसँग सो रकम लिदैं गर्दा ईञ्जिनियर अधिकारीलाई अख्तियारको टोलीले रंगेहात समाएको हो ।
सो सडक योजना ५० लाख रुपैयाँको रहेको थियो । उपभोक्ता समितिका पदाधिकारीले अधिकारीले घूस मागेपछि अख्तिायरको टोलीलाई खबर गरेका थिए ।