रक्सीले मातेका वडाध्यक्षले अंगालो हाल्दै साहुनीलाई ‘किस’ मागेपछि…

रक्सीले मातेका वडाध्यक्षले अंगालो हाल्दै साहुनीलाई ‘किस’ मागेपछि…


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ असार २०७७
  • 5K
    Shares

ब्रह्मदेव

रक्सीले मातेपछि पसल मालिक्नीलाई अँगालो हाल्दै ‘किस’ मागेपछि स्थानिय बासिन्दाले  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई समातेर कानूनी कारबाहीका लागि प्रहरीलाई बुझाएका छन्।  बिहीवार दिउँसोदेखि भीमदत्त ९ ब्रह्मदेवस्थित एक पसलमा बसेर मादक पदार्थ सेवन रक्सी सेवन गरेपछि वडाध्यक्ष नाथले राति सवा ८ बजे पसल मालिक्नीलाई अँगालो हालेर किस’ माग्दै देखेपछि स्थानीय बासिन्दाले उनलाई समातेर प्रहरीमा बुझाएका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादु थपा क्षेत्रीले वडाध्यक्ष नाथलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय ब्रह्मदेवमा राखेइको बताइएको छ।

स्थानीयले महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै महिलामाथि दुर्व्यवहारको प्रयास गरेको भन्दै कडा कानूनी कारवाहीको माग राखेर प्रहरी कार्यालय घेराउ गरेका थिए भने ईप्रकामाथि ढुंगामुढा समेत प्रहार गरेका थिए ।

प्रतिक्रिया