बिद्रोही ने.क.पा.को उपत्यका विशेष ब्युरो सदस्य एबम भक्तपुर जिल्ला इन्चार्ज बिजय गिरफ्तार, पुर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट गराएको आरोप

बिद्रोही ने.क.पा.को उपत्यका विशेष ब्युरो सदस्य एबम भक्तपुर जिल्ला इन्चार्ज बिजय गिरफ्तार, पुर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट गराएको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ असार २०७७
  • 4.9K
    Shares

पुर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट

बिद्रोही ने.क.पा.को उपत्यका विशेष ब्युरो सदस्य एबम भक्तपुर जिल्ला इन्चार्ज ऐनबहादुर शाही ‘बिजय’ गएराती २ बजे गिरफ्तार भएका छन्।

उनलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।  उनीविरुद्ध प्रहरीले पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोग लगाएको छ ।

गएको फागुन २८ गते भक्तपुरको मनहरा फाँटस्थित तात्कालिन मन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा बिद्रोही ने.क.पा.का कार्यकर्ताले बम बिस्फोट गराएका थिए । त्यसपछि घटनामा संलग्न रहेको आरोपमा प्रहरीके चार जना कार्यकर्तालाई गिरफ्तार गरेकोमा तीमध्ये एक जना संलग्नता पुष्टि नभएपछि छुटेका छन् भने तीन जनालाई अदालतको आदेश बमोजिम पुर्पक्षमा रहने गरी कारागार चलान गरिएको छ ।

यसैबीच बिद्रोही ने.क.पा. को उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामले आज बिहानै एक प्रेस बिज्ञप्ति जारी गरेर पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा आफ्ना पार्टीका नेता बिजयलाई झुठा मुद्दा लगाएर गिरफ्तार गरिएको आरोप लगाएका छन् । ब्युरो इन्चार्ज मिलनले जारी गरेको विज्ञप्तिमा गिरफ्तारीको घोर विरोध र भर्त्सना गरिएको छ भने गिरफ्तार भक्तपुर जिल्ला इन्चार्ज तत्काल बिनासर्त रिहा गर्न माग पनि गरिएको छ ,

विज्ञप्तिमा भनिएको छ, ‘अहिले कोरोना महामारी घटेको छैन । पार्टीले सबै आवश्यक आक्रामक कारबाहीहरू बन्द गरी जनताको सुरक्षा, जनसचेतना र जनकार्य गर्दै देशव्यापी सिङ्गो पार्टीपङ्क्ति परिचालन भइरहेको सन्दर्भमा सामाजिक दलाल, पुँजीवादी, भ्रष्टाचारी, कमिसनखोरी, राष्ट्रघाती र जनघाती केपी सरकारले देशभर हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने र विभिन्न जिल्लाका हिरासत घुमाउने कार्य गरिरहेको छ ।’

प्रतिक्रिया