गण्डकी प्रदेशसभाकी सांसद ओमकला गौतमले महिला सांसद प्रदेशसभाभित्रै असुरक्षित रहेको भन्दै प्रदेशसभाका महिला साँसदलाई आत्मरक्षाको तालिम दिन माग गरेकी छिन् ।
गण्डकी प्रदेशसभामा जारी विनियोजन विधेयकमाथिअन्गलाबर छलफल गर्ने क्रममा सांसद गौतमले प्रदेशसभाका महिला साँसदलाई आत्मरक्षाको तालिम दिन माग गरेकी हुन् ।
गण्डकी प्रदेशसभाभित्रै लैंगिक हिंसा रहेको टिप्पणी गर्दै सांसद गौतमले केही दिन अघि कैलालीको एक क्वारेन्टाइनमा एक महिलामाथि भएको सामूहिक वलात्कारको घटना बारे गण्डकी प्रदेश सभाकै एक सांसदले त्यो घटना गण्डकी प्रदेशसभा अन्तरगत नरहेको भनी गरेको टिप्पणीप्रति आक्रोश पोखिन् । त्यही गण्डकी प्रदेशसभाको बैठकमा सांसद राजीव पहारीले उक्त सामुहिक वलात्कारको घटना गण्डकी प्रदेश सभा अन्तरगत नपर्ने टिप्पणी गरेका थिए ।
सांसद ओमकला गौतमले महिला हिंसाविरुद्ध महिलालाई आत्मरक्षा तालीम दिन प्रदेश सरकारले १५ लाख रुपियाँ छुट्टाएकोमा खुशी प्रकट गरिन् ।