फूलमालासहित स्वागत गरिएका बिप्लवका दाजु वीरजङ्ग अदालतगेटबाटै फेरी गिरफ्तार, काभ्रे लगियो

फूलमालासहित स्वागत गरिएका बिप्लवका दाजु वीरजङ्ग अदालतगेटबाटै फेरी गिरफ्तार, काभ्रे लगियो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ असार २०७७
  • 4.6K
    Shares

चन्द्रबहादुर चन्द ‘वीरजङ्ग

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले दाङ देउखुरी जिल्ला अदालतको गेटबाट फेरी गिरफ्तार गरेको छ।

२०७६ साल असोज २९ गते पार्टीको बैठकस्थलबाट गिरफ्तारीमा परेका नेता बीरजंगलाई दाङ देउखुरी जिल्ला अदालतले १५ हजार धरौटीमा रिहाइको आदेश दिएको थियो।  अदालतले तोकेको धरौटी तिरेर रिहा हुने आशामा फूलमालासहित स्वागत गरेका बिद्रोही ने.क.प.का नेता तथा कार्यकर्ताले उनलाई अदालत गेटबाट निकाल्नासाथ प्रहरीले फेरी गिरफ्तार गरेको थियो।  उनलाई पुनः गिरफ्तार गरेर काभ्रे लगेको बताइएको छ ।

बिद्रोही ने.क.पा. केन्द्रीय सदस्य एबम मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ दाङ देउखुरी जिल्ला अदालतको गेटबाट फेरी गिरफ्तार ग्सृदै
बिद्रोही ने.क.पा. नेता  वीरजङ्ग दाङ देउखुरी जिल्ला अदालतको गेटबाट फेरी गिरफ्तार नहुदै 

२०७६ असोज २९ गते नेकपा राप्ती ब्युरो बैठकबाट गिरफ्तार भएका वीरजङ्गसहित २१ जनामध्ये उनलार्य तुलसीपुर कारागारबाट जिल्ला अदालतमा उपस्थित गराइएको थियो । त्यस बैठकस्थलबाट  गिरफ्तार २१ जनामध्ये अरू २० जना यसअघि नै रिहा भैसकेका छन् तर वीरजङ्गलाई अहिलेसम्म पनि प्रहरीले रिहा गरेको छैन ।

अदालतबाट यसअघि नै प्रत्येकलाई १५ हजार धरौटीमा रिहा गर्न आदेश दिइसकेको भए पनि प्रहरी प्रशासनले राजनीतिक पूर्वाग्रहका आधारमा वीरजङ्गलाई भने बारम्बार गिरफ्तार गरिराखेको छ ।

वीरजङ्ग
वीरजङ्ग

प्रतिक्रिया