एमसीसी सम्झौता पारित गरिए गण्डकी प्रदेश अन्तर्गतका सांसदको इहलिला समाप्त गरिदिने चेतावनी (भिडियोसहित)

एमसीसी सम्झौता पारित गरिए गण्डकी प्रदेश अन्तर्गतका सांसदको इहलिला समाप्त गरिदिने चेतावनी (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ असार २०७७
  • 5.2K
    Shares

एमसीसी पारित नगर्न चेतावनी दिदै क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य केशबहादुर परियार

रास्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित भए सांसदलाई कालोमोसो दलेर जुत्ताको माला लगाउनेदेखि टाउकोको फुटबल खेल्ने सत्तारुढ दल नेकपाकै बिद्यार्थीहरुले पोखरामा घोषणा गरेको समाचारहरु सार्वजनिक भैरहेको अवस्थामा त्यस्ता सांसदको इहलीला समाप्त पार्ने सम्मको चेतावनी आएको छ।

एमसिसिबिरुद्ध आन्दोलनमा रहेका विभिन्न ११ वटा राजनीतिक दलहरुले आज पोखरामा आयोजना गरेको बिरोध सभामा बोल्दै मोहन बैद्य नेतृत्वको ने.क.पा.(क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य केशबहादुर परियारले एमसीसी संसदबाट पारित गर्ने गण्डकी प्रदेशका सांसदहरुको इहलिला समाप्त गर्ने चेतावनी दिए।  उनले रास्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पारित हुन् नदिने बताउदै त्यसका लागि अहिले सांसदहरुलाई दुई हात जोडेर अनुरोध गरिएको र पत्र लेखेर पनि स्मरण गराइने जानकारी दिए।  नेपाली जनता र आफुहरुको आग्रहलाई बेवास्ता गरी संसदबाट एमसीसी पारित गरिए गण्डकी प्रदेश अन्तर्गतका सांसदलाई गृहजिल्ला प्रवेश गर्न नदिने र ठाउँ कुठाउँमा समातेर इहलिला समाप्त गरिदिने चेतावनी दिए।

उक्त बिरोध सभामा नेकपा मसालका गण्डकी प्रदेश समितिका सदस्य रबि मोहन ढकाल , नेकपा [माओवादी केन्द्र] का गण्डकी प्रदेश संयोजक भोजराज त्रिपाठी लगायतका वक्ताहरुले रास्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पारित हुन् नहुने र त्यसका लागि आम देशभक्त रास्ट्रवादी शक्तिहरु एकजुट भएर संघर्षमा उत्रनुपर्ने कुरामा जोड दिएका थिए।

वर्षाकै बीच राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश समितिका अध्यक्ष शंकर बरालको आध्यक्षतामा सम्पन्न उक्त बिरोध सभाको संचलान देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल , गण्डकी प्रदेश समितिका अध्यक्ष नेत्र रानाभाटले गरेका थिए।  सोही कार्यक्रममा एमसीसी सम्झौता जलाएका थिए। बिरोधसभा पुर्व सभागृहचोकबाट सरकार र एमसीसी सम्झौताविरुद्ध चर्का नारा लगाउदै जुलुश प्रदर्शन गरिएको थियो भने संगम सांस्कृतिक परिवारले एमसीसीबिरुद्ध गीत प्रस्तुत गरेको थियो।

प्रतिक्रिया