देशभक्ति, स्वाधिन स्थिति एव् स्वाभिमानमाथि बारबार प्रश्न उठेकोमा पुर्वराजाको पनि प्रश्नै प्रश्न

देशभक्ति, स्वाधिन स्थिति एव् स्वाभिमानमाथि बारबार प्रश्न उठेकोमा पुर्वराजाको पनि प्रश्नै प्रश्न


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० असार २०७७
  • 5.4K
    Shares

पूर्वराजा ज्ञानेन्द्र

उमेरले ७४ मा टेक्ने लागेका पुर्व राजा ज्ञानेन्द्रले देशभक्ति, स्वाधिन स्थिति एव् स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ” भनेर प्रश्न गरेका छन्।

आगामी असार २३ गते पर्ने आफ्नो ७४  जन्मोत्सव बिस्वभरी फैलिएको महामारीका कारण महोत्सवका रुपमा नमनाउने निर्णय गरेका पुर्वराजाले त्यस्तो प्रश्न गरेका हुन्। शाहले बुधबार जारी गरेको सन्देशमा त्यस्तो प्रश्नहरु गरेका छन्।

‘जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्याका सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ?,’ पूर्वराजा शाहको संदेश पत्रमा प्रश्न छ।

भ्रष्टाचार, लापरवाही, पक्षपात जस्ता विषय पनि आइरहेको भन्दै उनले भनेका छन्, ‘यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ ?यो सोचनीय विषय भएको उनले बताएका छन् ।

पूर्वराजा शाहले राष्ट्रियता नै मुल मन्त्र रहेको र एकता नै शक्ति भएको बताएका छन्। अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा शाहले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताएका छन् । ‘राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् । शाहले बुधबार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् ।

अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।

हेर्नुस् पूर्वराजाले जारी गरेको सन्देश:
हेर्नुस् पूर्वराजाले जारी गरेको सन्देश:

 

प्रतिक्रिया
सम्बन्धित समाचार