प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहितको टोलीमाथि लाठीचार्ज, सांसदसहित १० जना पक्राउ

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहितको टोलीमाथि लाठीचार्ज, सांसदसहित १० जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० असार २०७७
  • 5.1K
    Shares

रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जनालाई प्रहरीले लाठीचार्ज गर्दै पक्राउ छ ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियारसहित सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल रहेका छन्।  पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब, भृकुटिमण्डममा राखिएको छ ।

त्यस क्रममा प्रहरीको लाठी प्रहारबाट सांसद परियारको तीन वटा औँलामा चोट लागेको छ । हाल वीर अस्पतालमा उपचाररत सांसद परियारले आफुलाई प्रहरी भ्यानमा राखेर जबरजस्ती लाठी प्रहार गर्दा देव्रे हातको तीन वटा औँला भाँचिएको बताइन।

। ज्ञापन पत्र बुझाउन पुग्दा प्रधानमन्त्री निवासको गेटमा प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए । प

गत १० जेठमा अन्तरजातीय विवाह गर्न सोती पुगेका नवराज र उनका पँच जना साथीको हत्या भएपछि संघर्ष समितिले काठमाडौंमा नियमित आन्दोलन र विरोधका कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया