अरुको समाचार लेख्ने पत्रकारको समाचार कसले लेखिदिने ? कोरोनाकाकारण देखाउदै पत्रकारहरु भटाभट हटाइदै

अरुको समाचार लेख्ने पत्रकारको समाचार कसले लेखिदिने ? कोरोनाकाकारण देखाउदै पत्रकारहरु भटाभट हटाइदै


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ असार २०७७
  • 4K
    Shares

संचार गृह र पत्रकारहरु

अरुलाई अन्याय, अत्याचार हुँदा समाचार लेख्ने पत्रकारहरु अहिले कोरोनाको महामारीमा भटाभट अन्यायपूर्वक जागीरबाट निकालिदा उनीहरुको पक्षमा बोलिदिने कोही छैन।  अझ अचम्मको कुरो त के छ भने ठुलो भनिएका संचार माध्यमले धेरै तलब खाने पत्रकारहरुलाई हटाएर कम तलब खाने पत्रकारहरुलाई जागिर दिईरहेका छन्।

प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष समेत रहेका किशोर श्रेष्ठको सम्पादकत्वमा प्रकाशन हुँदै आएको जनआस्था साप्ताहिकको अनलाइन संस्करणले प्रकाशित गरेको समाचार अनुसार, नयाँ पत्रिकाबाट झण्डै ४०, कान्तिपुरबाट ६०, नेपालन्युजबाट २७, उज्यालो नेटवर्कबाट ५ पत्रकार निकालिइसकेका छन् । त्यसै पनि बेतलबी काम गर्नुपर्ने नागरिक दैनिक, रिपब्लिकाबाट पनि पत्रकारहरु सलाम ठोक्दै हिँडिरहेका छन् । यही महामारीबीच एभेन्युजसहित न्युज २४ हरुले दर्जनौँ पत्रकारलाई बलपूर्वक बिदा गरेका छन् ।

यसै पनि असार मसान्तभित्र दरबन्दी अद्यावधिक गर्नुपर्ने । त्यसमाथि कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक मन्दीका कारण सञ्चारगृहहरु यस्तो अप्रिय निर्णयमा पुगेको बताउँछन् । यस्तो हुँदा देशका प्रतिष्ठित सञ्चारगृहबाट पत्रकार, प्राविधिक र प्रशासनिक कर्मचारीहरु बेरोजगार हुने सिलसिला बढेको हो ।

त्यसो त कोरोनाको महामारीको सन्त्रासका बीच सक्नेले नकमाएका भने हैनन् । उज्यालो नेटवर्कले ‘कोरोना कहर’ का नाममा युनिसेफको परियोजना चलायो, ‘उज्यालो क्याप्सुल’ नामबाट ।

देशब्यापी नेटवर्क जोडिएको कायाकैरनमा स्वास्थ्य मन्त्रालयको एउटा जिङ्गल एकचोटि बजाएर ७ हजार पाउने पनि उज्यालो नै हो । र, त्यहाँ पनि बढी तलब खानेलाई बिदा र थोरै तलब खानेलाई स्वागत गर्ने सिलसिला छ ।

यसरी कोरोनाको महामारीका कारण पत्रकारहरु बेरोजगार हुने अवस्था सिर्जना हुँदा “देशमा फेरि एकचोटि केही युट्युबर र झोले अनलाइनहरुको बोलबाला बढ्ने, जनतामा समाचारका नाममा भ्रम बेच्ने, अशिष्टता, अमर्यादित शैली बढ्ने खतरा रहेको नेपाल पत्रकार महासंघको बुझाइ छ ।” भनेर जनआस्थाले आफ्नो समाचारमा चिन्ता प्रकट गरेको छ। त्यति मात्र हैन यससँगै काम अर्थोक गर्ने, बाहिर अनलाइन मिडिया देखाएर व्यापारी तर्साउने जमात पनि सक्रिय हुने सम्भावनालाइ समाचारमा औंल्याइएको छ ।

जनता सुसुचित गराउने पत्रकार जगतमा यति ठुलो संकट र बिपत आउदा न त कुनै पत्रकारसंग गम्बंधित संस्थाहरु बोलेका छन्, न सरकार नै।

प्रतिक्रिया