रुकुम नरसंहार विरुद्ध सडकमा कविता भन्दै गरेका पत्रकार र बिद्यार्थी नेता साधारण तारेखमा रिहा

रुकुम नरसंहार विरुद्ध सडकमा कविता भन्दै गरेका पत्रकार र बिद्यार्थी नेता साधारण तारेखमा रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ असार २०७७
  • 3.7K
    Shares

लोकेश विश्वकर्मा र उषाकिरण आजाद

जातीय छुवाछुतककरण भएको रुकुम नरसंहार विरुद्ध सडकमा कविता बाचन गर्दै गरेका पत्रकार लोकेश बिश्वकर्मा र बिद्यार्थी नेता उषाकिरण ‘आजाद’ साधारण तारेखमा रिहा भएका छन्।

बिश्वकर्मा राजनीति डट कमका सम्पादक हुन् भने आजाद बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्य हुन्।

उनीहरुलाई जेठ २९ गते त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अध्यानरत विद्यार्थीले आयाेजना गरेकाे रुकुम नरसंहार विरुद्ध सडक कविता बाचन कार्यक्रमबाट प्रहरीले गिरफ्तार गरेकाे थियाे।  प्रहरीले गिरफ्तार गर्दा पत्रकार बिश्वकर्मा कबिता वाचनको फेसबुकबाट प्रत्यक्ष प्रशारण गरिरहेका थिए भने बिद्यार्थी नेता आजादले जातीय छुवाछुतका कारण भएको रुकुम नरसंहारका बिरुद्ध कबिता भनिरहेका थिए।

मंगलबार मात्र सर्बोच्च अदालतले उनीहरुलाई तीन दिनभित्र सर्बोच्चमा उपस्थित गराउन आदेश दिएको थियो।  तर बुधबार नै जिल्ला प्रशासन कार्यालयले साधारण तारेखमा छाडेको छ।

आइतबार सर्वाेच्च अदालतमा पत्रकार विश्वकर्मा बिद्यार्थी नेता आजादको तर्फबाट भाइ उमेश विश्वकर्माले बन्दीप्रतक्षिकरणकाे रिट हालेका थिए ।

प्रतिक्रिया