जापानी अनुदानको चामल चार वर्षदेखि खाद्य गोदाममै

जापानी अनुदानको चामल चार वर्षदेखि खाद्य गोदाममै


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ पुष २०७३
  • 7K
    Shares

नेपालगन्ज, १४ पुस ।

 जापानले अनुदानमा दिएको चालम बाँकेको  नेपालगञ्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालय भेरीको गोदाममा थन्किएको छ ।

ढुवानीको क्रममा सावधानी नअपनाउँदा चामल खान मिल्ने अवस्थाको नरहेको अञ्चल कार्यालयका प्रमुख मोतीराज ज्ञवालीले जानकारी दिए ।

अञ्चल कार्यालयको गोदाममा  जापानी अनुदानको  १० हजार ६ सय ६० बोरा चामल भण्डारण गरिएको छ । हरेक बोरामा ३० किलो चालम छ । केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिदिँदा समस्या भएको कार्यलय प्रमुख ज्ञवालीले बताए ।

अहिले नेपालगञ्जमा संस्थानले धान खरिद गरिरहेको छ । किसानबाट किनेको धान राख्ने ठाउँ छैन । तर संस्थानको गोदाममा प्रयोग गर्न नमिल्ने ठूलो परिमाणको चामल भण्डारण गरिएको छ ।

प्रतिक्रिया