नेपाली सीमामा छिरेर सशस्त्र प्रहरीको चेक पोस्ट भत्काउन्दै हतियार खोस्ने भारतीयहरुको समुहलाई सशस्त्र प्रहरीले गोली ठोक्दा एक भारतीयको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। एक जना अतिक्रमणकारी भारतियालाई सशस्त्र प्रहरीले गिरफ्तार गरेको छ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार, भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा रहेको सशस्त्र प्रहरीको संग्रामपुर चेकपोस्टमाथि आक्रमण गर्न आएका करीब डेढसय भारतीयहरुलाई ड्युटीमा रहेका सशस्त्र प्रहरीले सम्झाइबुझाई गरी रोक्ने कोशिश गरेका थिए। तर त्यो आक्रमणकारी भारतीयहरुको समुहले सशस्त्र प्रहरीको पोस्ट भत्काउदै सशस्त्र प्रहरीको हतियार खोसेर भागेपछि सशस्त्र प्रहरीले बाध्य भएर हवाई फायर गरेको थियो। सोही क्रममा १५ राउण्ड हवाई फायर गरेको थियो।
सशस्त्र प्रहरीले आत्मसुरक्षाका लागि गरेको हवाई फायरका क्रममा गोली लागेर घाइते भएका तीन जना आक्रमणकारी भारतीय मध्ये एकको भारतको सितामणिस्थित अस्पतालमा उपचारका क्रममा २५ वर्षीय दिकेशकुमारको मृत्यु भएको छ। सोही अस्पतालमा आक्रमणकारी घाइते दुई भारतीयको त्यही अस्पतालमा उपचार भैरहेको बताइएको छ। सशस्त्र प्रहरीको हतियार खोसेर भाग्न खोज्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई सशस्त्र प्रहरीले गिरफ्तार गरेको प्राप्त समाचारमा जनाइएको छ। भारतीय आक्रमंकारीहरुको आक्रमणबाट सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’फाइल फोटो