जबर्जस्ती करणी मुद्दामा सर्वोच्चको नयाँ व्याख्या : व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध

जबर्जस्ती करणी मुद्दामा सर्वोच्चको नयाँ व्याख्या : व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 3.3K
    Shares

सर्वोच्च अदालतले जबर्जस्ती करणीमा महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराधको रुपमा व्याख्या गरेको छ।  पूजा बोहराको जबर्जस्ती करणी मुद्दाको पूर्ण फैसलामा सर्बोच्च अदालतले यस्तो व्याख्या गरेको हो।  सर्वोच्चले व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध भएको ठहर गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको इजलासले गरेको जबर्जस्ती करनी मुद्दाको फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘जर्बजस्ती करणी केवल महिलाको शरीरउपर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध हो । सो मुद्दामा पीडितले एसएलसी परीक्षासमेत दिन नपाई शैक्षिक उपलब्धि हासिल गर्न ढिला भएको देखिन्छ । पीडितमाथि परेको पीडा मात्रै नभई हिंसाको त्रासको कारणले पीडितको मानसिक अवस्थामा परेका आघातको असरलाई समेत विचार गरी क्षतिपूर्ति निर्धारण गर्नु उपयुक्त देखिन्छ ।’

सर्वोच्चले पूजा बोहराको बलात्कार मुद्दामा फैसला गर्दै भनेको छ, ‘सोच्दै नसोचेको अनपेक्षित तरिकाबाट एउटा महिलाको शरीर तथा आत्मसम्मानमाथि आक्रमण हुँदा मानसिक विक्षिप्तताको अवस्थामा पुग्न सक्दछ । यस्तो अवस्थामा आफूमाथि भएको यौनिक हिंसाको घटना स्मरण गर्न र व्यक्त गर्न तत्काल कठिन हुन सक्ने वा विस्तारै याद हुने अवस्थाहरू हुन सक्दछ । यस्तो अवस्था भनेकै रेप ट्रमा सिन्ड्रमको अवस्था हो । यस्तो अवस्थालाई न्यायकर्ताले गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ ।’

यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

प्रतिक्रिया