सुनचाँदी पसलमा प्रहरीको छापा, फोटो खिच्ने पत्रकारको फोटो डिलिट

सुनचाँदी पसलमा प्रहरीको छापा, फोटो खिच्ने पत्रकारको फोटो डिलिट


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 4.1K
    Shares

कमल पौडेल अथक।
पोखरा ५ पर्स्याङस्थित गणेशलक्ष्मी सुनचाँदी पसलका संञ्चालक विहीवार पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वैदामवाट दिउसो चार वजे खटिएको प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको हो । चोरीको सुन खरिद प्रकरणको आरोपमा उनलाई पक्राउ गरिएको हुनसक्ने आँकलन गरिएको छ । तर प्रहरीले भने पक्राउ पर्नुको कारण वताएको छैन ।

कोरोनाको विश्वव्यापी महामारीका बेला पसलमा दिउसै प्रहरीले छापा हानेपछि सयौंको संख्यामा त्यहाँ मानिसको भिडभाड थियो । केही प्रहरीले मुखमा माक्स लगाएपनि अधिकांशले लगाएका थिएनन् । पक्राउ गर्नुको कारण वारे सोधपूछ गर्दा अनुसन्धान गर्न मात्रै भनेर प्रहरी तर्किएको थियो ।

पसलमा प्रहरीले छापा हानेको फोटो खिच्न पुगेका पत्रकारलाई समेत प्रहरीले फोटो नखिच्न भन्दै खिचेको फोटो समेत डिलेट गर्न दवाव दिएको थियो । परिचय पत्र देखाउँदा समेत प्रहरीले फोटो डिलेट गराउन दवाव दिएको हो ।

प्रहरी  निरिक्षक सुजन भण्डारी पसलमा छापा मार्नुको कारण वताउन भन्दा पत्रकारले खिचेको फोटो डिलेट गराउने ध्याउन्नमा बढी केन्द्रीत भएका थिए ।  प्रहरीले सार्वजनिक चोकमा मेला जस्तै गरेर पसलको छापा मारेको फोटो खिचेर यथार्थ जानकारी गराउनु पत्रकारको धर्म भन्ने उनले बुझेनन् । पसलको छापा मार्नु मात्र उनले धर्म संम्झिएको उपस्थित नागरिकले गुनासो गरे ।

प्रहरी निरिक्षक भण्डारी पत्रकारले खिचेको फोटोमा मात्र केन्द्रीत वनेर फोटो नै डिलेट गराउन उद्दत भएको देख्दा उपस्थित नागरिकहरुले आश्चर्य प्रकट गरेका थिए । कतिपय अवस्थामा पीडकसँग मोटो रकम असुलेर मेलमिलाममा केन्द्रीत हुने प्रहरीलाई पत्रकार तथा संञ्चारकर्मीहरु शत्रु नै लाग्नु स्वभाविक भएको घटनास्थलमा उपस्थित नागरिकहरुले वताएका छन् ।

प्रतिक्रिया