कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका उनको रिपोर्ट पोजेटिभ आएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ९ जनाको मृत्यु भएको छ ।
यसै गरी अहिलेसम्म २३०० जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा बुधबार मात्र दुईसय एक जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएको जानकारी दिए।
योसँगै नेपालमा संक्रमित संख्या २३०० पुगेको छ। तीमध्ये २७८ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ। पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढेको प्रवक्ता देवकोटाले बताए।
उनका अनुसार अहिले देशभरि १ लाख ५५ हजार ८ सय ६८ मानिस क्वारेन्टिनमा छन्।
बुधबारसम्म ८० हजारभन्दा बढीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।