गण्डकी प्रदेशमा एकाबिहानै थप १० जनामा कोरोना संक्रमण पुष्टि, पर्वतमा पनि भेटिए संक्रमित

गण्डकी प्रदेशमा एकाबिहानै थप १० जनामा कोरोना संक्रमण पुष्टि, पर्वतमा पनि भेटिए संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० जेष्ठ २०७७
  • 4.1K
    Shares

कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा मंगलबारसम्म ३७ जना संक्रमित भएका छन्।  मंगलबार मात्र स्याङ्जा र पर्वतमा ५–५ जनामा संक्रमण पुष्टि भएसंगे गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ जना पुगेको हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले आज एकाबिहानै जारी गरेको बिज्ञप्ति अनुसार, स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका चार जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका एक जना पुरुष गरि स्याङ्जा जिल्लामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ |
यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका दुई पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका तीन जना पुरुषमा समेत गरि पर्बत जिल्लामा पांच जनामा कोरोना संक्रमणको पुष्टि भएको छ |

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक शर्माले कोरोना संक्रमण पुष्टि भएका सबै बिरामीहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको जानकारी दिए |

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जसमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, नवलपुर, पर्वत, म्याग्दी गरी ७ जिल्लामा कोरोना देखिएको छ ।

प्रतिक्रिया