बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एबम पार्टी प्रकाशन विभागका प्रमुख अनिल शर्मा ‘विरही’ रिहा भएका छन। उनलाई जिल्ला अदालत चितवनको आदेशमा रिहा गरिएको हो । गत बैशाख २३ गते उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।
आज जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।
नेता अनिल शर्माको तर्फबाट बरिष्ठ अधिबक्ता धर्मराज आचार्य,अधिवक्ताहरु कपिल्चान्द्र पोख्रेल, सन्तोष कोइराला, कमलराज पाठक, गोपीलाल देबकोटा, गंगा बहादुर कोइराला, राजकुमार श्रेष्ठ, लक्षमन अधिकारी रामचन्द्र देबकोटा र नारायण गिरिले बहस गरेका थिए ।अदालतको आदेशपछि शर्मालाई भरतपुर अस्पतालको मेडिकल वार्डमा लगिएको छ ।
जिल्ला अदालत चितवनले विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’लाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
२३ वैशाखमा उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएको हो ।
ने.क.पा. नेता अनिल शर्मा ‘बिरही’को हकमा जिल्ला अदालत चितवनले गरेको आदेशको पूर्ण विवरण




