नेपालमा कोरोना संक्रमणबाट एकको मृत्यु, दुईसय ९१ संक्रमित मध्ये ३६ जना निको भए

नेपालमा कोरोना संक्रमणबाट एकको मृत्यु, दुईसय ९१ संक्रमित मध्ये ३६ जना निको भए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ जेष्ठ २०७७
  • 4.9K
    Shares

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुईसय ९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुईसय ९१ पुगेको हो । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिला सावित्री तिमिल्सिनाको गएराती काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ।

आइतबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यससँगै रौतहटमा मात्रै संक्रमितको संख्या १३ पुगेको छ ।

रौतहटको राजपुर नगरपालिकाका-९, फरहदवाका सात जनामा र इशनाथ नगरपालिकाका तीन जनामा आइतबार संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको प्रवक्ता अधिकारीले जनाएका छन् ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा १३, काठमाडौंमा ९, धनुषामा ५, कैलालीमा ४, बारा, चितवन, दाङ महोत्तरी र सर्लाहीमा ३/३ तथा बागलुङ, झापा, भक्तपुर र बर्दियामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, धादिङ र सिन्धुपाल्चोकमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया