नेपालमा एकैदिन चार पत्रकारसहित ३९ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा एकैदिन चार पत्रकारसहित ३९ जनामा कोरोना भाइरस संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० बैशाख २०७७
  • 5.7K
    Shares

नेपालमा एकै दिन चार जना पत्रकारसहित ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५७ जनामध्ये पर्सा जिल्लाका चार पत्रकारसहित ३९ जना रहेका छन् भने कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

पर्साको वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

 

 

प्रतिक्रिया