नेपालमा एकैदिन २४ जना थपिएपछि संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।
सोमबार विहानमात्रै कपिलवस्तुमा १० सप्तरीमा एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार साँझ नै थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कपिलवस्तुमा १६, रुपन्देहीमा ६ र बर्दियामा १, सप्तरीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
