नेपालमा अधिकांश युवा सहित थप दशजनामा कोरोना भाइरस सङ्क्रमित भएको पुष्टि

नेपालमा अधिकांश युवा सहित थप दशजनामा कोरोना भाइरस सङ्क्रमित भएको पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ बैशाख २०७७
  • 3.5K
    Shares

नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ। सोमवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० जनामा कोभिड-१९ भेटिएपछि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या  एकसय २० पुगेको हो ।

मन्त्रालयद्वारा जारी वक्तव्यमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डूमामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या १० रहेको र उनीहरू कपिलवस्तुका भएको उल्लेख छ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।उनीहरूको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया