यी हुन् दाहाल सरकारकै सबैभन्दा धनी मन्त्री, पाले बस्नका लागि मात्रै काठमाडौंमा तीन ओटा घर

यी हुन् दाहाल सरकारकै सबैभन्दा धनी मन्त्री, पाले बस्नका लागि मात्रै काठमाडौंमा तीन ओटा घर


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ पुष २०७३
  • 9.3K
    Shares

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काको सम्पत्ति विवरण बुधबार सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख भएअनुसार उनी वर्तमान सरकारकै सबैभन्दा धनीजस्तो देखिन्छ । उनले बुझाएको सम्पत्ति विवरण अनुसार उनीसँग बुढानिलकण्ठमा तीन ओटा घर र पाले बस्नका लागि पनि तीन ओटै घर छन् । संखुवासभाको चैनपुरमा पनि एक घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

राज्यमन्त्री खड्कासँग बुढानिलकण्ठ र चन्द्रागिरीमा गरी २१ रोपनी बढी जमिन छ । यस्तै, संखुवासभामा ६५ रोपनी जमिन छ ।

उनीसँग ८० लाख रुपैयाँ नगद, ६५ तोला सुन, ४ सय तोला चाँदी र १३ क्यारेट हिरा छ । उनले आफ्नो सम्पत्ति पैत्रिक, दाइजोमा आएको, किनेकोदेखि बकसम्म रहेको विवरणमा उल्लेख गरेका छन् ।

राज्यमन्त्री खड्कासँग विभिन्न कम्पनीमा गरेर १२ करोड बढीको शेयर रहेको छ । साथै ५६ लाख ऋणको भारी बोकेको उनले उल्लेख गरेका छन् । उनले टिम लोन १० करोड देखाएका छन् । उनीसँग दुई ओटा मात्रै गाडी छन् ।

प्रतिक्रिया