८१ वर्षीय लामाले भने,‘गाडी कसरी चल्छ ? यसले घाँस खान्छ की भात ?’

८१ वर्षीय लामाले भने,‘गाडी कसरी चल्छ ? यसले घाँस खान्छ की भात ?’


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ पुष २०७३
  • 17.7K
    Shares

काभ्रेको डाँडापारी बुढाखानी–४ सिमालटारका ८१ वर्षिय हर्कसिंह लामाले भने भने,‘गाडी कसरी चल्छ ? यसले घाँस खान्छ की भात ?

काभ्रेको कर्णाली भनेर चिनिने डाँडापारी बुढाखानी–४ सिमालटारका ८१ वर्षिय हर्कसिंह लामालाई गाउँमा मोटर पुग्दा सपना जस्तै लाग्यो । चाउरी परिसकेको गाला, तोते बोलि अनि युवाको झैँ जोस जाँगर भएका लामाको अनुहारमा निकै चमक देखिन्थ्यो ।  गाउँमा गाडी आउँछ भन्ने हल्ला सुनेका उनले गाडी हेर्नलाई सडक छेउमा घण्टौँ कुरेर बसे । आफ्नै आँखा अगाडी गाडी देख्दा लामासँग खुसीकाे सिमा नै रहेको थिएन । पहिलो पटक गाडी देख्दा  उनले अचम्म माने । उनले आश्चर्य मान्दै भने,‘गाडी चढ्नु पर्छ भनेर अरुले पटकपटक भने तर मैले अहिलेसम्म गाडी देखेको थिइन ।’

निकै हर्षित मुद्रामा देखिएका लामाले भने,‘चन्द्र शम्शेर र जुद्ध शम्शेरको पालामा काठमाडौँ जानु पर्‍यो भने पैदल यात्रा गरेर पुग्नु पथ्र्यो । अब दुर्गम गाउँमै मोटर चढेर सरर जिल्ला जान पाउने भइयो ।’ उनले अचम्म मान्दै भने,‘गाडी कसरी चल्छ ? यसले घाँस खन्छ की भात खन्छ ?’ जिवनमा पहिलो पटक गाडी देखेका उनले धेरै पटक नजिकै बसेर टुलुलु हेरीरहे ।

रातभर जाग्रम बसेर स्थानीयले मनाए खुसीयाली

जिल्लाकाे निकै दुर्गम क्षेत्र भनेर परिचित डाँडापारी बुढाखानी र फोक्सिङटार सिमानामा पर्ने महादेवटारसम्म गाडी पुर्‍याएपछि स्थानियहरु खुशी ले गद्गद् भएका छन् । काभ्रे बसव्यवसायी संघ र स्थानियको १२ लाख ऋणसहित १ लाख ९३ हजार संकलन गरेर सडक निर्माण भएको हो । बनेपा–विपी, राजमार्ग–माम्ती, पिप्ले–भिमखोरीको, पौवा–सिन्धुलीको रामपुर हुँदै डाँडापारीको बुढाखानी महादेवटार जाने सडक ट्र्याक खुलेपछि गाडी चल्न थालेको हो ।

सडकको उद्घाटन सांसद तिर्थबहादुर लामाले रिबन काटेर गरे । कार्यक्रममा सांसद लामाले विकासका हिसावले निकै पिछडिएको डाडाँपारी क्षेत्रका सबै गाविसमा सडक सञ्जालल पुर्‍याउने घोषणा गरे । त्यस्तै सडक सञ्जाल विस्तार भएपछि स्थानियले रातभर जाग्राम बसेर एकआपसमा खुशी साटासाट गरेका छन् ।

३ किलोमिटर सडक खन्न डेढ करोड खर्च स्थानियको १ लाख ९३ हजार, काभ्रे बस व्यवसाय संघले १२ लाख, जिबिसले ७० लाख, बन्खु गाविस कार्यालयले ६ लाख,  सडक डिभिजनबाट ६७ लाख गरी १ करोड ५५ लाखमा खनिएको नयाँ सडकमा अहिले दैनिक सवारी साधन सञ्चालमा आएको छ । आधार दर्जन गाविसलाई प्रत्यक्ष फाइदा उक्त ठाउँसम्म गाडी सञ्चालनमा आएपछि बुढाखानी, फोक्सिङटार, बन्खु, गोकुले , घर्तिछाप, तालढुंगा र सिन्धुलीका केही गाविसका बासिन्दाहरुलाई प्रत्यक्ष फाइदा पुग्ने छ ।

प्रतिक्रिया