कर्णाली राजमार्गमा स्याउ बोकेको ट्रक दुर्घटना, आठलाख रुपियाँ भन्दा बढी मूल्यको स्याउ क्षति

कर्णाली राजमार्गमा स्याउ बोकेको ट्रक दुर्घटना, आठलाख रुपियाँ भन्दा बढी मूल्यको स्याउ क्षति


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ असोज २०८३
  • 893
    Shares

app;e fa;;s in karnali river

जुम्ला, ६ असोज २०८३।

जुम्लाबाट सुर्खेततर्फ स्याउ लिएर जाँदै गरेको मालवाहक ट्रक कालीकोटस्थित कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–१, भिग्ममा आइतबार दिउँसो दुर्घटना हुँदा करिब आठ लाख रुपैयाँभन्दा बढीको स्याउमा क्षति भएको छ।

जुम्लाको तातोपानी गाउँपालिका–१ राँकाबाट चारसय ५० कार्टुन स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ८७३० नम्बरको ट्रक तिला नदीको किनारमा पल्टिदा करिब आठ लाख रुपैयाँभन्दा बढी मुल्यको स्याउमा क्षति भएको हो ।

दुर्घटनापछि अधिकांश स्याउ तिला नदीमा बगेका र बाँकीमध्ये पनि अधिकांश स्याउ बिक्री गर्न नमिल्ने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिएका छन्।

तातोपानी गाउँपालिका–१ का वडाध्यक्ष कर्णबहादुर कठायतका अनुसार राँका गाउँका किसानबाट सङ्कलन गरिएको उक्त स्याउ बिक्रीका लागि सुर्खेततर्फ लैजाँदै गरिएको थियो। दुर्घटनाबाट झन्डै आठ लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ। ४५० कार्टुनमध्ये मुस्किलले करिब १० प्रतिशत मात्रै जोगिएको र त्यो पनि बिक्रीयोग्य अवस्थामा नरहेको स्थानीय विवरणमा उल्लेख छ।

जुम्लाको स्याउ बजारमा पठाउने मुख्य सिजनमै दुर्घटना भएको हो। यसअघि पनि कर्णाली राजमार्गमा वर्षा, पहिरो तथा सडक अवरोधका कारण स्याउ बोकेका सवारीसाधन बाटोमै रोकिने र स्याउ बिग्रिने समस्या देखिँदै आएको छ। यसले किसान तथा व्यापारीलाई थप आर्थिक जोखिममा पार्ने गरेको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया