आफ्नो विश्वासिलो पात्र बिरही गिरफ्तार गरिएकोमा विप्लव आक्रोशित : हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन

आफ्नो विश्वासिलो पात्र बिरही गिरफ्तार गरिएकोमा विप्लव आक्रोशित : हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ बैशाख २०७७
  • 5.8K
    Shares

आफ्नो विश्वासिलो पात्र रहेका पार्टी केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’लाई प्रहरीले गिरफ्तार गरेपछि विद्रोही नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सरकारप्रति आक्रोश पोखेका छन् । महासचिव विप्लवले आज एक प्रेस विज्ञप्ति जारी गरेर सरकारप्रति आक्रोश पोखेका हुन् ।

महासचिव विप्लवले आफ्नो विज्ञप्तिमा कोरोना संक्रमणाको महामारीका कारण पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको आरोप लगाउँदै केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन पनि दिएका छन् । उनले विश्वब्यापी महामारीका बेलामा पनि आफ्ना नेता तथा कार्यकर्ताहरुलाई गरिएको गिरफ्तारीलाई ‘आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र”को संज्ञा दिंदै सरकारको यस प्रकारको “फासिस्ट दमन”प्रति ध्यान दिन पनि सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पाटीहरुसँग आग्रह गरेका छन् ।

बिद्रोही ने.क.पा. महासचिव विप्लवको वक्तव्यमार्फत् ‘यही २०७७ वैशाख २३ गते केपी वलीको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख कमरेड अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा चितवनबाट गिरफ्तार गरेको तथा इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी कमरेड दुर्गासहित थुप्रै कमरेडहरूलाई बिनाकारण गिरफ्तार गरिएको” जानकारी दिंदै उक्त गिरफ्तारीको घोर भत्र्सना गर्नुका साथै बिनासर्त मुक्त गर्न माग पनि गरिएको छ l

प्रतिक्रिया
सम्बन्धित समाचार