नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ बैशाख २०७७
  • 4.5K
    Shares

बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ ।

आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए ।  यससँगै संक्रमितको संख्या ६९ पुगेको छ ।

प्रतिक्रिया