वीरगन्ज महानगरका सफाई कर्मचारीसहित थप दुईमा कोरोनाभाइरस संक्रमण

वीरगन्ज महानगरका सफाई कर्मचारीसहित थप दुईमा कोरोनाभाइरस संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ बैशाख २०७७
  • 5K
    Shares

वीरगन्ज महानगरपालिकाका सफाई कर्मचारीसहित वीरगन्जका थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।

हाल नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत दुवै जनाको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले सेतोपाटीलाई जानकारी दिए।

गत चैत ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो।

ती तीनजना कोरोना संक्रमित भारतीय नागरिकलाई निको भएकाले अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्की सकेका छन्।

प्रतिक्रिया