नेपाल प्रहरीमा बढुवा तथा पदस्थापनले तीब्रता पाएको छ केही समय अघि १० डिआइजीलाई एआइजीमा र १९ एसएसपीलाई डिआइजीमा बढुवा गरी पदस्थापन गरिसकेको अवस्थामा फेरी नेपाल प्रहरीले २४ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ।
बढुवा हुनेहरुमा जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गमा कार्यरत डिएसपी तुलबहादुर कार्की प्रथम स्तानामा छन्। त्यसपछि क्रमश: माहानागरिय प्रहरी परिसर टेकुका प्रबक्ता होबिन्द्र बोगटी, केन्द्रिय ओराहरी बिश्श दल नक्शालाका बेद बिष्ट, महानगरीय प्रहरी पहरा गण काठमाण्डौका राकेश सिंह, प्रहरी प्रधान कार्यालय परिचालन कक्षका राजिब्बाहादुर बस्नेत, महानगरीय दंगा नियन्त्रण प्रहरी गण काठमाण्डौका प्रविणलाल श्रेष्ठ, महानगरीय प्रहरी परिसर लैनचौर काठमाण्डौका सन्तोषसिंह राठौर, अख्तियार अनुसन्धान आयोगको केन्द्रिय कार्यालयका शिवकुमार श्रेष्ठ, महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका शान्तिराज कोइराला र प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखाका संजयसिंह थापा पनि एसपी बढुवा सिफारिशमा परेका छन्।
त्यस्तै केन्द्रिय अनुसन्धान ब्युरोका महेन्द्र खड्का, इन्टरपोल शाखाका दिपक पोख्रेल, प्रहरी प्रधान कार्यालय विपद ब्यबस्थापन महाशाखा कार्यालय प्रशिक्षक समुहका ओराभुप्रसाद ढकाल, प्रहरी प्रधान कार्यालय, केन्द्रिय प्रहरी पुस्तकालयका सन्तोष कुमार भट्टाराई, राष्ट्रिय प्रहरी प्रशिक्षन प्रतिष्ठान महाराजगन्जका प्रकाश मल्ल, जिल्ला प्रहरी कार्यालय खोटांगका बामदेब गौतम पनि एसपी बढुवामा परेका छन्।
प्रहरीको बढुवा सिफारिशमा पर्ने अन्य डिएसपीहरुमा प्रहरी तालिम युक्ति महाविद्यालय जर्गाह नवलपरासीका केदार खनाल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका ज्ञानप्रसाद फुयाँल, जिल्ला प्रहरी कार्यालय दार्चुलाका दिपेन्द्र शाही, ५. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका रामप्रकाश शाह, अख्तियारको केन्द्रिय कार्यालयका प्रेम बहादुर बस्नेत, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग अपराध अन्वेषण महाशाखाका प्रविन धिताल, प्रहरी प्रधान कार्यालय अभिलेख तथा जाहेरी शाखाका दयानिधि ज्ञवाली र महानगरीय प्रहरी परिसर काठमाण्डौका राजेन्द्र प्रसाद धमला पनि रहेका छन्।
जनपथ प्रहरीको बढुवा समितिको गएको बैशाख १० गतेको बैठकले उनीहरुलाई बढुवा गर्न सिफारिश गरेको एआइजी शैलेश थापा क्षेत्रीद्वारा जारी सुचानामा उल्लेख छ।

