नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी ओली सरकारको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रान्तिमा लामबद्ध हुन् आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा वक्तव्यमार्फत विशेष सन्देश दिँदै बिद्रोही ने.क.पा. महासचिब बिप्लवले यस्तो आव्हान गरेका हुन्।
महासचिव विप्लवले वर्तमान सरकारले क्रान्तिकारीहरुमाथि फाँसीवादी दमन चलाएको आरोप लगाउदै विप्लवले जारी गरेको विज्ञप्तिमा ‘आज केपी प्रचण्ड गठबन्धन (कथित पार्टी एकता) सरकारले कम्युनिस्ट नामबाट प्रतिक्रान्तिकारी सामाजिक दलाल पुँजीवादी सत्ताको रक्षार्थ क्रान्तिकारीहरुमाथि फाँसीवादी दमन चलाइरहेको छ’, भनिएको छ ।
विप्लवले दलाल पुँजीवादी राज्यसत्ता र सर्वदलीय व्यवस्थाको जालझेल, भ्रष्ट, राष्ट्रघाती जनघाती एव् दलाल चरित्रमा निस्कनै नसक्ने गरी डुबेको टिप्पणी गर्दै केपी ओली– प्रचण्ड नेतृत्वको नेकपा र सरकार कुनैपनि हालतमा सत्ता छोड्न नचाहने अवस्थामा पुगेको बिज्ञप्तिमा उल्लेख गरेका छन् । बरु सम्पूर्ण सामाजिक मूल्य मान्यताहरुलाई फाँसीवादको पैतलामुनि दवाएर सत्ता हत्याउन लागि परेको आरोप उनले लगाएका छन् । उनले सरकारको यस्तो प्रवृत्तिले नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति र समाजवादी सत्ता निर्विकल्प बन्न पुगेको विप्लवको ठहर छ।
महासचिव विप्लवले साम्यवादी विचारक एवम् सर्वहारा वर्गका महान् नेता लेनिनप्रति सम्मान व्यक्त गरेका छन्।
विज्ञप्तिको पूर्णपाठ…..
