संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन मध्यरातमा एकीकरनको घोषणा

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन मध्यरातमा एकीकरनको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ बैशाख २०७७
  • 6.4K
    Shares

राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी पार्टीबीच पार्टी एकता

राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि तरंगित बनेको नेपाली राजनीतिले नया मोड लिएको छ।  त्यस अध्यादेशले सत्तारुढ नेकपाभित्र देखिएको असन्तुष्टि भुसको आगो जस्तै तीब्र रुपमा फैलिरहेको छ। उता त्यही अध्यादेशका कारण आफ्नो पार्टी फुट्ने सम्बावाना देखिएपछि मधेश केन्द्रित दुई राजनीतिक दलहरु संघिय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच आज मध्यराती पार्टी एकता भएको घोषणा गरिएको छ।  अद्यापि संघीय समाज्वादे पार्टीको एउटा समुहले अर्को पार्टी खोल्ने अन्तिम तयारी गरीरहेको छ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष पुरा भएकै दिन मधेश केन्द्रित दलहरु संघि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी निर्माण भएको घोषणा गरिएको छ।  राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार मध्यरात भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।

पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी पार्टीबीच पार्टी एकता  सम्बन्धि सहमतिपत्र
राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी पार्टीबीच पार्टी एकता सम्बन्धि सहमतिपत्र

स्रोतका अनुसार नेतृत्वको विषय टुंगिएको छैन । तर दुवै पार्टीका नेताहरुले यसमा समस्या नहुने बताएका छन् । अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।

संघीय समाजवादी पार्टीको एउटा समुहले अर्कै पार्टी खोल्ने तयारी 

संघीय समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन्। सो पार्टीको संघीय संसदमा १७ जना सांसद रहेका छन्।

यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको सो समूहका एक सांसदले बताए।

अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका छन्। समाजवादी पार्टी स्रोतका अनुसार असन्तुष्ट पक्षले बिहीबार नै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन्।

पार्टी विभाजनकै लागि भनेर महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव सरकारी सहयोगमा सडकमार्ग हुँदै काठमाडौं आएका थिए ।

दिउँसो यादव जनकपुरबाट एक्कासि सम्पर्कबिहीन भएपछि समाजवादी पार्टीले उनलाई सरकारको निर्देशनमा प्रहरीले अपहरण गरेको आरोप लगाएको थियो। उनलाई प्रहरीले अपहरण गरेको नभई पार्टी विभाजनमा सहभागी हुन काठमाडौं आउन सरकारको निर्देशनमा सहयोग गरेको बुझिएको छ।

नयाँ अध्यादेशअनुसार समाजवादी पार्टी फुटाएर नयाँ पार्टी गठन गर्न सात जना सांसद भए पुग्छ। समाजवादीका सात सांसदले पार्टी फुटाउने निर्णय गरेपछि हतारहतार मध्यरातमा समाजवादी पार्टी र राजपाले एकीकरणको घोषणा गरेका छन्। दुवै पार्टी एक भएपछि सात सांसदले मात्र एकीकृत पार्टीको संसदीय दलको ४० प्रतिशत पुग्ने छैन। तर त्यसका लागि एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता हुनुपर्नेछ। जुन पार्टी पहिले दर्ता भयो त्यसैले बाजी मार्छ।

नयाँ एकीकृत पार्टी निर्वाचन आयोगमा पहिले दर्ता भयो भने समाजवादी फुटाएर सात सांसदले अर्को नयाँ पार्टी दर्ता गर्न पाउने छैनन्। तर सत्ताको साथ रेणु यादव नेतृत्वका सांसदलाई रहने हुनाले उनीहरूकै पार्टी निर्वाचन आयोगमा दर्ता हुन्छ भन्ने विश्लेषकहरूको अनुमान छ।

प्रतिक्रिया
सम्बन्धित समाचार