लक डाउनको मौका छोपी कनकाईका मेयरद्वारा कानुनबिपरित सडक छेउका चार वटा रुख कटान

लक डाउनको मौका छोपी कनकाईका मेयरद्वारा कानुनबिपरित सडक छेउका चार वटा रुख कटान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० बैशाख २०७७
  • 4.3K
    Shares

झापाको कन्काई नगरका मेयार्द्वारा काट्न लगाइएका रुखहरु

कोरोना भाइरस फैलिन नदिन गरिएको लक डाउन (बन्दाबन्दी)को मौका पारेर झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कनकाइ नगरपालिका वडा नम्बर ७ स्थित सडक छेउका चार वटा हरिया रुख काटेका छन्।

आफ्नो घर छेउमा रहेका सडकका सात वटा रुखमध्ये मेयर पोक्रेलले ऐन र कानुन विपरीत चार वटा रुख काटेका हुन्।

नगर प्रमुख पोख्रेलले आफ्नो घर छेउका ७ वटा रुख काट्न मजदुरलाई अह्राएका थिए। तर सडक डिभिजन कार्यालय दमक र जिल्ला वन कार्यालय झापाले रुख कटान भएको थाहा पाएपछि घटनास्थलमा आएर रोकेका थिए। वन र सडकको टोली घटनास्थल ४ वटा मसला जातका रुख ढलिसेका थिए। हरिया रुख कटानका लागि सरकारको अख्तियारी लिनुपर्ने कानुनी प्रावधान छ।

नेपालको कानुनले सडक छेउका रुख काट्न सडक विभाग र वन कार्यलय दुवैबाट  अधिकार लिनु  पर्ने बाध्यात्मक ब्यबस्था गरेको छ ।

सव डिभिजन कार्यलय सुरुङ्गाका प्रमुख भोला चौधरीले मेयर पोख्रेललाई वनले रुख काट्न अख्तियारी नदिएको बताए। घर नजिकका रुख काट्ने बारेमा कुरा चलेपनि कागजी रुपमा स्वीकृति नदिइएको उनले स्पस्ट पारे।

तर मेयर पोखरेलले जिल्ला वन कार्यलय झापाको समन्वयमा रुख काटिएको बताएका छन्।हावाहरीले घर नजिकैका ठूला रुख ढलेर मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै पोख्रेलले रुख कटान गरिएको बताए।

उनले नगरको कार्यपालिका वोर्डले संभावित क्षति पुग्न सक्ने भएकाले रुख कटानको निर्णय गरिएको दाबी पनि गरे । तर कनकाई नगरपालिकाको नगर कार्यपालिका वोर्डमा रुखका हाँगा हटाउने विषयमा कुरा उठेको, लिपीबद्ध निर्णय नभएको एक कार्यपालिका सदस्यले जानकारी दिए।  समाचारस्रोत सेतोपाती डट कम 

प्रतिक्रिया
सम्बन्धित समाचार