अमेरिकामा आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

अमेरिकामा आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ बैशाख २०७७
  • 5.6K
    Shares

कोरोना भाइरसकाकारण देशमा बेरोजगारी समस्या देखिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को आदेश जारी नभएसम्मका लागि अमेरिकामा आप्रवासमा रोक लगाउने घोषणा  तयारी गरेका छन् ।

अमेरिकामा आप्रवासनमा रोक लगाउने घोषणाको  तयारी बारे सोमबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आप्रवासी नागरिकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउने तात्कालिक आदेशमा छिट्टै हस्ताक्षर गर्ने जानकारी दिएका छन्। तर यसको प्रक्रियातथा मापदण्ड के हुने भन्नेबारे अहिले केही स्पष्ट जानकारी दिइएको छैन।

ट्रम्पले ट्वीटमा भनेका छन्, ‘अदृश्य दुश्मनको आक्रमणका कारण असहज अवस्था सिर्जना भएको मध्यनजर गर्दै र हाम्रा महान नागरिकको जागिर बचाउनका लागि अमेरिकामा बाहिरका नागरिकको बसोबासमाथि रोक लगाउने अस्थायी कार्यकारी आदेशमाथि हस्ताक्षर गर्दैछु।’

यतिबेला अमेरिका कोरोना भाइरसको महामारीका कारण आक्रान्त छ। लाखौं अमेरिकी नागरिक बेरोजगार भएका छन् भने अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ।

अमेरिकामा मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ। त्यस्तै मंगलबार बिहानसम्म ७ लाख ८७ हजार ३ सय ७० जना संक्रमित भएका छन्। त्यस्तै ७२ हजार ७ सय ६१ निको भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार