नुवाकोटः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का नुवाकोट जिल्ला सेक्रेटरी बिन्तोष भनिने अशोक सिलवाल कारागारबाट छुटेलगत्तै पुनः पक्राउ परेका छन् । सिलवाल अदालतको आदेश बमोजिम धरौटी राखेर नुवाकोट जिल्ला कारागारबाट रिहा भएका थिए । उनी योसहित चौथोपटक पक्राउ परेका हुन्।
जवरजस्ती चन्दा असुली मुद्दा खेपेका सिलवाललाई सुनसरीको धरानमा हातहतियार सम्बन्धि मुद्धामा पक्राउ गरिएको हो । सुनसरीबाट उनलाई झिकाउनका लागि आदेश बमोजिम पक्राउ गरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक राजेश थापाले तीन महिना अगाडि उनलाई पक्राउ गरि हिरासतमा राखिएकोमा २० हजार रुपैयाँ धरौटी राखेर रिहा भएका थिए।