१० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेका नन्द-भाउजू पक्राउ

१० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेका नन्द-भाउजू पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ बैशाख २०७७
  • 6.8K
    Shares

नोट छरेर भागेका नन्द-भाउजू

जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महावीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । नातामा उनीहरू नन्द-भाउजू हुन् । उनीहरुलाई नकपुरधाम -७ स्थित निवासबाटै नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

नोट छरेर फरार भएपछि यो क्षेत्रमा त्रास बढेको थियो । उनीहरुले रकम किन छरेको हो ? भन्ने सन्दर्भमा अनुसन्धान हुन बाँकी रहेको कार्कीले बताए । कार्कीले छरिएको नोट कोरोना संक्रमण सम्बन्धी शंकास्पद भएकाले परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जानकारी दिए । त्यहाँबाट रिपोर्ट आएपछि बाँकी प्रक्रिया अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार