काठमाडौंको सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका, स्वाव परीक्षण रिपोर्ट आउन बाँकी

काठमाडौंको सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका, स्वाव परीक्षण रिपोर्ट आउन बाँकी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ बैशाख २०७७
  • 4.2K
    Shares

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्ट

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि तीनैजनालाई पाटन अस्पतालमा भर्ना गरिएको र उनीहरुको स्वाब नमुना पिसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिए ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्‍नाएको छ। तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ । स्रोतका अनुसार अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु  चैत ५ गते लण्डनबाट नेपाल फर्किएका थिए ।

र्‍यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुन पनि सक्ने विज्ञहरुले यसअघि नै बताइसकेका छन्। आइतबार र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार पोखरामा गरिएको पिसिआर टेस्टमा भने नतिजा नेगेटिभ देखिएको थियो।

प्रतिक्रिया