र्‍यापिड टेष्टमा नेगेटिभ, पीसीआर विधिमा पोजिटिभ : ६५ वर्षिया महिलालाई कोरोना संक्रमण

र्‍यापिड टेष्टमा नेगेटिभ, पीसीआर विधिमा पोजिटिभ : ६५ वर्षिया महिलालाई कोरोना संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ बैशाख २०७७
  • 3.6K
    Shares

र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज नाकामा चिया बेच्ने काम गर्दै आएकी उनीसहित १७ जना चैत ९ गते कैलालीको लम्की पुगेका थिए । त्यसपछि उनीहरु सबैलाई सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो र त्यही र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई चैत २८ गते घर पठाइएकोमा पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

 कैलालीको भुरूवास्थित आफन्त कहाँ गएकी उनीसहित सबैलाई फेरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको लम्किचुहाका मेयर महादेव बजगाईंले जानाकारी दिए।

कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो ।यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया