बीरगंजको मस्जीदमा बसेका तीन भारतीयमा कोरोना भाइरसको लक्षण, थप परीक्षणका लागि स्वाब काठमाण्डौ पठाइयो

बीरगंजको मस्जीदमा बसेका तीन भारतीयमा कोरोना भाइरसको लक्षण, थप परीक्षणका लागि स्वाब काठमाण्डौ पठाइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ चैत्र २०७६
  • 3.2K
    Shares

नारायणी उपक्षेत्रीय अस्पताल

वीरगन्जमा आएर बसेका तीन जना भारतीयमा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरूको स्वाब पुन: परीक्षणका लागि काठमाडौं पठाइएको छ।

वीरगन्ज-२ छपकैयाको एक मस्जिदमा बसिरहेका २४ जना भारतीयको समूहबारे स्थानीयवासीले खबर गरेपछि प्रशासनले उनीहरूको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाएको थियो।

नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकको टोलीले उनीहरूको स्वाब निकालेर हेटौंडास्थित प्रयोगशालामा पठाएको थियो। ‘तीन जनालाई खोकी पनि देखिएको छ। उनीहरूलाई हामीले अहिले अस्पतालकै आइसोलेसनमा राखेका छौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले भने,‘बाँकी २१ जनालाई क्वारेन्टाइनमा पठाएका छौं।’

हेटौंडा प्रयोगशाला स्रोतका अनुसार ती तीन जनालाई कोरोना भाइरसको संक्रमण शंकाष्पद देखिएकाले स्बाव काठमाडौं पठाइएको हो।

उनीहरूको स्वाब शनिबार बिहान १० बजे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगिसकेको छ।नारायणी उपक्षेत्रीय अस्पतालका मेसु उपाध्यायका अनुसार ती भारतीयहरूले आफू चार महिनादेखि नेपालमै बसिरहेको बताएका छन्। नयाँदल्ली र उत्तरप्रदेशका उनीहरू धर्म प्रचारको क्रममा नेपाल आएका थिए। समाचार श्रोत सेतोपाटी डट कम

प्रतिक्रिया