कोरोना संक्रमित १०१ वर्षीय वाट्सन उपचारपछि निको भएर घर फर्किए

कोरोना संक्रमित १०१ वर्षीय वाट्सन उपचारपछि निको भएर घर फर्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ चैत्र २०७६
  • 3.7K
    Shares

किथ वाट्सन

कोरोना भाइरस (काेभिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर काेराेनाबाट सङ्क्रमित भएका एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ ।

उनकी बुहारीले भनिन्, ‘उहाँ याे उमेरमा पनि गज्जबकाे हुनुहुन्छ ।’

उनी अस्पतालबाट फर्किएपछि घरका सबै सदस्यले उनीसँग फाेटाे खिचाए र फेसबुमा शेयर पनि गरे । याे फाेटाे अहिलेसम्म तीन हजारभन्दा शेयर भएकाे छ भने पाँच सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया