लकडाउन उल्लङ्घन गर्दै राती आफ्नो केटा साथीसंग निस्किएकी साउथ अभिनेत्री शर्मिला मान्डरे बैंग्लोरमा सडक दुर्घटनामा परेकी छन् । दुर्घटनापछि उनी उनका साथी लोकेश वसन्तलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
पुलिसले ड्राइभरसँग सोधपुछ गर्दा उसले झुटो बयान दिएका थिए । उनले कसैको पनि नाम लिएका थिएनन् । झुटो बयान दिएका कारण आफू पनि फस्ने देखिएपछि उनी त्यहाँबाट भागेका थिए ।
छानबिनको क्रममा पुलिसले एक निजी अस्पतालमा उनीहरू भर्ना भएको पत्ता लगाएको थियो। दुर्घटनापछि अस्पताल भर्ना भएको जानकारी पाएपछि प्रहरी अस्पताल पुगेको थियो। त्यहाँ दुवैको उपचार भइरहेको थियो। अस्पताल प्रशासनबाट पनि पुलिसलाई स्पष्ट रिपोर्ट दिइएको छैन।
उनीहरूसँग लकडाउनको समयमा बाहिर निस्कने पास पनि थिएन। ट्राफिक पुलिसका अनुसार यो घटना बिहान ३ बजे भएको हुन सक्छ। उनीहरुविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।