नेपालमा थप तीनजनालाई कोरोना संक्रमण भएको पुष्टि

नेपालमा थप तीनजनालाई कोरोना संक्रमण भएको पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ चैत्र २०७६
  • 3.6K
    Shares

नेपालमा एकै पटक तीन जनामा कोरोना संक्रमित भेटिएका छन्। कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड(१९) पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन्। मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन्। यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो।

३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो। पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको हो। आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ।

पछिल्लो समय लकडाउन भएपछी कैलालीको गड्डाचौकी हुँदै धेरै नेपाली बिना चेकजाँच नेपाल भित्रिएका थिए।  यसरी हुलकाहुल भारतबाट नेपाल भित्रिएका अन्य नेपालीमा पनि कोरोना संक्रमण हुनसक्ने सम्भावनालाई देखेर स्थानिय बासिन्दाहरु र प्रशासन सचेत हुनुपर्ने देखिएको छ।

प्रतिक्रिया