बागलुङकी अर्की ६५ वर्षीया वृद्धामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। यसभन्दा अघि पनि बागलुङ्गकै १९ वर्षिया एक युवती कोरोना भाइरसबाट संक्रमित भएको पुस्टि भएको थियो। ती बागलुंगकी ६५ वर्षिया महिला नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बन्न पुगेकी छिन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी ती बृद्धामा कोरोना संक्रमण भएको पुष्टि गरे। अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी आफन्त हुन् ।
दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । त्यसपछि उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एकदिन आफन्तकहाँ बसेर उनीहरु दुबै जिपमा बाग्लुङ पुगेका थिए । ‘
नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा ती सबै सबै विदेशबाट आएका नेपाली भएको देखिएको छ। त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो । त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा पनि संक्रमण भएको पाइएको हो ।