वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । ती युवती चन्द्रागिरी नगरपालिका १५ कि हुन् ।
उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको वीर अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए।
निर्देशक डा. सेञ्चुरी अनुसार, यही साता भारतबाट नेपाल आएकी ती युवतीलाई कोरोनामा देखिने लक्षणहरु देखिएका थिए। स्वास फेर्न गाहो भइरहेको र ज्वरो अवस्था देखिएपछि उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो भने थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि टेकु ल्याबमा पठाइएको थियो। तर त्यसको रिपोर्ट आएको छैन।