यती धेरै गाईबस्तु यसकारण मरे

यती धेरै गाईबस्तु यसकारण मरे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ पुष २०७३
  • 13.3K
    Shares

कैलालीको सदरमुकाम धनगढि देखि करिब २२ किलोमिटर उत्तर तर्फ रहेको गोदावरी गाविसमा सयौं गाई गोरु मरेको अवस्थामा भेटिएपछि यसको सर्बत्र बिरोध भएको छ l तर यती धेरै गाईबस्तु कसरी मरे भन्ने बारेमा ोस्पस्ट जानकारी आएको छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्ष अर्जुनचन्द ठकुरीका अनुसार सार्वजनिक रुपमा छोडिएका गाई वस्तुलाई कञ्चनपुरको बेदकोट नगरपालिकाले नियन्त्रणमा लिएर कैलालीको गोदावरी जगलमा छोडेको थियो l जगलमा रहदा चिसोका कारण ती गाई गोरु मरेको हुनसक्ने ठकुरीले बताए ।

कञ्चनपुबाट गाई गोरुलाई लोड गरेर ल्याएका ४ वटा ट्रक र चालकलाइ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसरी पक्राउ पर्नेहरुमा  ना ४ ख ८३३८ नम्वरका ट्रक चालक कमल प्रसाद पाण्डे, ना ४ ख ३०२६ का पदमचन्द, ना ३ ख ८४३५ का सन्तोष कुँवर र ना ६ ख ७६१८ भिमदत्त वैजलाई प्रहरीले ट्रक सहित नियन्त्रणमा लिएको छ ।

“गाई गोरुलाई कसैले मारेको जस्तो देखिएन” उनले फोनमा अघि भने ” कन्चनपुरको बेदकोट नगरपालिका नगरमा रहेका छाडा चौपायहरुलाई नियन्त्रणमा लिएर जंगलमा छोडने गरेका छन् । प्रायः जसो त्यसरी ल्याइएका गाई गोरुलाई कैलालीको सहजपुरमा छोडिने गरिएता पनि यस पटक गोदावरीमा छोडिएको थियो ।

स्थानियवासीहरुका अनुसार गाइलाइ मारिएको भन्दै आक्रोस बढ्दै गएपछि त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । यो घटनालाइ लिएर धर्म सग जोडनुको कुनै अर्थ नरहेको वुद्धिजिविहरुको भनाइ रहेको छ । अनुसन्धान भैरहेको हुदा अहिले नै आत्तिहाल्ने अवस्था नरहेको बताइएको छ ।

कैलालीको सदरमुकाम धनगढीदेखि करिब २२ किलोमिटर उत्तर तर्फ रहेको  गोदावरी गाविसमा सयौ गाइ गोरुहरु मरेको अवस्थामा भेटिएपछि विभिन्न हिन्दुवादी संघ संगठनहरुले आज मध्यपश्चिम क्षेत्र बन्दको आव्हान गरेका थिए । कैलालीमा भएको गौ हत्याको विरोधमा आयोजनामा गरिएको मध्यपश्चिम बन्दका कारण बर्र्दियाको जनजिवन सामान्य प्रभावित बनेको छ ।

बन्दले गर्दा विद्यालय, कलकारखाना, बजार तथा यातायातका साधन चलेका छैनन् भने बजारमा मानिसहरुको चहल पहल पनि पनि निकै कम रहेको छ । बन्दका कारण बर्दियाबाट छुटने लामो तथा छोटो दुरीका सार्वजनिक गाडिहरु चलेका छैनन् भने बजार पनि सामान्य रुपमा मात्र खुलेको छ l

प्रतिक्रिया