सामान बोक्ने भ्यानको पछाडि बसेर यात्रा गरिरहेका दुई जना नेपालीलाई प्रहरीले इराकमा पक्राउ गरेको छ। पक्राउ गरिएका नेपालीहौको पहिचान भने खुलाइएको छैन।
उनीहरु कहाँबाट त्यहाँसम्म पुगेका हुन् र खान जाँदै थिए भन्ने बारेमा अझै खुलेको छैन। सम्भवत: उनीहरु त्यही बाटो भएर युरोप छिर्ने कोशिषमा रहेको अनुमान गरिएको छ।
उनीहरु इराकको स्वाशासित राज्य कुर्दिस्तानको राजधानी अर्बिलबाट बुधबार पक्राउ परेका हुन् । मानव तस्करको गिरोहले सामान बोक्ने भ्यानको पछाडि राखेर अर्बिल क्षेत्रमा प्रवेश गराउने क्रममा ट्राफिक प्रहरीले चेकपोस्टबाट उनीहरुलाई पक्रेको हो । पक्राउ परेका उनीहरुलाई कोरोना भाइरस संक्रमण (कोभिड–१९) परीक्षणका लागि पठाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई लैजाने ड्राइभरले यसअघि नै गैरकानुनी काम गरेको आरोपमा सजाय पाएका थिए र ऊ मानब तस्करसँग जोडिएको हुनसक्ने अड्कल प्रहरीले गरेको छ।