गण्डकी प्रदेश सरकारको निर्णय भिडियो सन्देशमार्फत सार्वजनिक, १५ करोडको गण्डकी प्रदेश कोरोना रोकथाम कोष स्थापना

गण्डकी प्रदेश सरकारको निर्णय भिडियो सन्देशमार्फत सार्वजनिक, १५ करोडको गण्डकी प्रदेश कोरोना रोकथाम कोष स्थापना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ चैत्र २०७६
  • 3.8K
    Shares

रामशरण बस्नेत, प्रदेश सरकारका प्रबक्ता एबम भौतिक पूर्वाधार विकासमन्त्री

कोरोना भाइरस फैलिन नदिन गण्डकी प्रदेश सरकारले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन अब्यबस्थित र भिडभाडयुक्त भएको भनेर ब्यापक बिरोध भएपछी गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकको निर्णय एक भिडियो संदेशमार्फत सार्वजनिक गरिएको छ।

प्रदेश सरकारका प्रबक्ता एबम भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकको निर्णयहरु एक भिडियो सन्देशमार्फत सार्वजनिक गरेका हुन्।  मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेले सामाजिक संजालमार्फत मन्त्री बस्नेतसँग लिएको भिडियो संदेश सार्वजनिक गरेका हुन्।

गण्डकी प्रदेश सरकार को मिति २०७६ चैत्र १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु 

१.कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हरिवहादुर चुमान, भाैतिक पूर्वाधार विकास मन्त्री माननीय रामशरण वस्नेत, सामाजिक विकास मन्त्री माननीय नरदेवी पुन मगर र प्रमुख सचिव हरिप्रसाद वस्याल सदस्य रहेको ५ सदस्यीय समिति गठन।
२.कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि १५ करोडको कोष स्थापना । कोषमा सवै मन्त्रीज्यूहरुले १ महिनाको तलव जम्मा गर्ने । सहयोग गर्न माननीय, निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापार व्यवसायी लगायत सवैलाई आग्रह गर्ने।
३. प्रदेश अन्तर्गतका जिल्ला अस्पतालहरुलाई कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्वन्धी आवश्यक सामग्री खरिदका लागि पहिला ५/५ लाख दिइएकोमा ५/५ लाख थप गर्ने ।

प्रतिक्रिया