नेपालमा तेस्रो कोरोना भाइरसका बिरामी भेटिए

नेपालमा तेस्रो कोरोना भाइरसका बिरामी भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ चैत्र २०७६
  • 3.7K
    Shares

शुक्रराज ट्रपिकल अस्पताल, टेकु, काठमाण्डौ

नेपालमा तेस्रो कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामी भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

 काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुना परीक्षणमा नया कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामी भेटिएका हुन् । ती बिरामी को हुन् भन्ने बारेमा खुलाइएको छैन।

नेपालमा अहिलेसम्म छसय ८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये छसय ८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । चैत ४ गते  फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

प्रतिक्रिया