वीरगञ्‍जका यादबको मृत्युको कारण एकीन हुन बाँकी रहेको कोरोना अस्पताल भरतपुरको दाबी

वीरगञ्‍जका यादबको मृत्युको कारण एकीन हुन बाँकी रहेको कोरोना अस्पताल भरतपुरको दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ चैत्र २०७६
  • 5.3K
    Shares

कोरोना विषेश अस्पताल भरतपुर

वीरगञ्‍ज महानगरपालिका-२२ जगन्‍नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार कोरोना विषेश अस्पताल भरतपुरमा मृत्यु भएको हल्ला चलेपछि सो अस्पतालले यादबको मृत्युको कारण एकीन हुन् बाँकी रहेको स्पस्ट पारेको  छ।

कोरोना विषेश अस्पताल भरतपुरका प्रवक्ता डा. भोजराज अधिकारीले आज एक प्रेस विज्ञप्ति निकालेर यादबको मृत्युको कारण स्पस्ट हुन बाँकी रहेको उल्लेख गरेका छन् ।

मिर्गौलाका बिरामी यादबलाई चितवन मेडिकल कलेजबाट कोरोना भाइरसको लक्षण देखिएपछि कोरोना विषेश अस्पतालमा ल्याइएकोमा कोरोना जाँचका लागि नमुन संकलन गरेर मंगलबार मात्रै विमानबाट केन्द्रीय प्रयोगशालामा पठाइएको छ। तर उनको स्वास्थ्य रिपोर्ट आईसकेको छैन।  तर उनको मंगलबार विहान ९.३० बजे उपचारका क्रममा मृत्यु भएकको  दिएको छ।

प्रबक्ता अधिकारीका अनुसार उनी एक वर्षदेखि मिर्गौलाका बिरामी थिए। उनमा पछिल्लो समय निमोनियाको पनि लक्षण देखिएको थियो। कोरोना परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकाले अहिले नै मृत्युको कारण एकीन गर्न नसकिने उनले बताएका छन्।

मिर्गौलाका बिरामी यादब  एक वर्षदेखि चितवन मेडिकल कलेजमा फलोअपमा रहेका थिए।   यसपटक ज्वरो र खोकी पनि देखिएपछि उनलाई मेडिकल कलेजले कोरोनाको लक्षण देखिएको भन्दै भरतपुर अस्पतालमा रिफर गरेको थियो। एक दिन भरतपुर अस्पतालको जनरल वार्डमा राखिएपछि सोमबार बेलुका कोराना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो।

मृत्यु भएका युवकको कोरोना जाँचका लागि मंगलबार नै नमुना संकलन गरी काठमाडौं पठाइएको थियो। तर नमुना जाँचको रिपोर्ट आउनुअघि नै ती युवकको मृत्यु भएको हो। मृत्यु भएका युवकको शव अहिले अस्पतालमै छ। मृतक युवकका आफन्तलाई अस्पतालले निगरानीमा राखेको छ।

प्रतिक्रिया