बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको घोषणा गरेको छ। महासचिब बिप्लवले एक प्रेस बिज्ञप्ति प्रकाशित गरेर त्यस्तो घोषणा गरेका हुन्। उनले तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन पनि दिएका छन् ।
महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै अघि भनेका छन्, ‘कोरोना भाइरसले विश्वमानव समुदायलाई ठूलो क्षति पुर्याएको छ । हालसम्म नेपाली जनतालाई क्षति नपुर्याउनु खुसीको कुरा हो । तर जोखिम कायमै छ । यस्तो जोखिमको परिस्थितिमा सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्नुपरेको छ ।’
महासचिव विप्लवले आफ्नो विज्ञप्तिमार्फत कोरोना सङ्क्रमणका विरुद्ध आमनागरिकलाई सचेत रहन आग्रह गर्दै “यस्तो बेला देशका सबै चिकित्सक एवम् स्वास्थ्य–कार्यकर्ताहरूलाई जनताको सेवामा लाग्न पनि अनुरोध गरेका छन्।
तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन दिंदै सो विज्ञप्तिमार्फत महासचिव विप्लवले कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जानकारी गराएका छन्।
हेर्नुस विज्ञप्तिको पूर्णपाठ….
